Thursday, May 31, 2012

गद्ध्य कबिता

शिर्षक
 ,तिमी र हाम्रो गुलाफ

 

 

निर्जन अनि सुनसान साँझ

प्रकृतिका सुन्दर दृश्यहरु

त्यो हाम्रो मायाको दोबाटो

लाग्छ आज आँखा वरिपरी घुमिरहेछ

प्रिय मैले भुलेको छैन

त्यो हाम्रो प्यारो अनि मिठो रात

जहाँ हामीले संगै मर्ने अनि संगै जिउँने

कसम र आश्वासन दियका थियौ

झरना झैँ बग्ने ति हाम्रा

मायाका निश्चल छाँगाहरु

लाग्छ आज पनि तिमि र म

त्यहि छाँगामा बगिरहेका छौ

तर विधिको बिडम्बना यो छ

म तिमी देखि कोशौ टाढा छु

तिमी म देखि धेरै टाढा छौ

तर हाम्रो मन सँधै साथमा छ

म त सँधै तिम्रो भयर बाँच्ने छु

तर तिमी के गर्छौ
? म अनभिज्ञ छु

प्रिय धेरै चोटी म तिम्रो समिप रहेँ

तर मनको रहस्य अझै बुझ्न सकेको छैन

हो मलाई थाहा छ

तिमी मलाई प्रेम गर्छौ

तर पनि तिमी बाट यस्ता कुरा आउँन बाँकी छ

जुन कुरोले हाम्रो भविष्य निर्माण गरोस

ताकी सँधै सँधै म

तिम्रै अंगालोमा बाँचीरहन पाउँ

अनि तिमी सँधै मेरी रानी बनि

मेरो मनको झुपडीमा राज गर्ने छौ

त्यसैले अब आउने समय मेरो

त्यो केवल तिम्रै लागि हुनेछ

जुन समय तिम्रो र मेरो प्रेमको

चोखो अनि पबित्र घडी हुनेछ

यो मुटुको पानाभरी चाहना धेरै

जुन चाहना तिम्रो मधुर साथले पुरा हुनेछ

जब सम्म हाम्रो मिलन हुँदैन

तब सम्म म तिम्रो पर्खाइमा हुनेछु

आउ तिमी मेरो सपनामा या मेरो कल्पनामा

यो तन अनि यो जीवन तिम्रै हो

घृणा गर या प्रीत गाँस तिमी

यो मेरो जोबन तिम्रै हो

अन्त्यमा मेरी मायालु तिमी जहाँ छौ

आशा छ हाँसी खुसि रहने छौ

केवल मेरो जिबनमा आउने सपना बुनेर

ताकी तिम्रो र मेरो जीवन फुलोस एक गुलाफ बनेर

जुन गुलाफ यस्तो होस्

त्यो गुलाफ यो दुनियाँमा कहिले

नफुलेको होस् ताकी यो गुलाफ देखेर

दुनियाँ पनि जलोस र सँधै हेरिरहोस
|

 

रोशन भट्ट

दोहा
- कतार

२६-०५-२०१२