Tuesday, June 12, 2012

गीत-

शिर्षक
- जिएँ मैले एक्लै रात

 

जिएँ मैले एक्लै रात यहाँ जहिले पनि
}

पिएँ मैले एक्लै मात यहाँ जहिले पनि
}2

 

के भर छर जीवनको आज ढल्छ कतै
}

मुटु मेरो दुखिरहन्छ किन गल्छ कतै
}2

दिएँ मैले एक्लै बात यहाँ जहिले पनि

पिएँ मैले एक्लै मात यहाँ जहिले पनि

 

जिएँ मैले एक्लै रात
.......................

 

के भर छर योबनको आज बल्छ कतै
}

मन मेरो सुकिरहन्छ किन जल्छ कतै
}2

सिएँ मैले एक्लै घात यहाँ जहिले पनि

पिएँ मैले एक्लै मात यहाँ जहिले पनि

 

जिएँ मैले एक्लै रात
....................

 

जिएँ मैले एक्लै रात यहाँ जहिले पनि
}

पिएँ मैले एक्लै मात यहाँ जहिले पनि
}2

 

रोशन भट्ट

दोहा
-कतार

१२
-०६-२०१२

No comments:

Post a Comment