Sunday, June 10, 2012


****मेरी छाँया**********





एउटा छाँया छ ,

अति नै सुन्दर

हेर्दा उनि लाग्छ

यो ब्रह्माण्डकी एक्ली ,सुन्दरी ,



र उनको त्यो रुपको

ज्योति र लालीमा संग

अरुलाई दाँज्न सक्दिन

किनकी उनको ,उपहास, हुनेछ ,



र म गर्न चांहदीन पनि ,

किनकी मलाई अरु रुपको चासो छैन,

त्यसैले म उनीलाई धरै माया गर्छु

मलाई थाहा छ



उनि पनी मलाई माया गर्छिन

तर उनका ती उदगार

ती मुखपत्र बाट खुलेका छैनन्

तर उनको स्वीकारोक्ति



उनीले नै दिएको

स्पर्शहरुमा पाएको छु

त्यसैले त खुसि छु

र उनीलाई म धरै माया गर्छु



अचानक कहिलेकाँही हामीबीच

कलह पनी हुन्छ

ती कलह शारीरिक नभई

केवल मानशिक अनि विचारका हुन्छन



जब म बांगिन खोज्छु

उनि मलाई शब्दको

अंकुशे हानेर तान्छिन आफु तिर

कहिले आफ्नै रुप लिएर



त कहिले अरु कुनै रुपबाट

खुशी छु किनकी म धरै माया गर्छु

जब उनि मेरी छाँया

भाग्न खोज्छिन म देखि पर



तब म पनी कहिले

मायाको पर्खालले छेकिदिन्छु

त कहिले मेरा शब्दरुपी जालले छोपीदिन्छु,

किनकी म उनीलाई धरै माया गर्छु ,



यसरी नै चलिरहेको छ

मेरो र मेरो प्यारो छाँया बिचको प्रेम ,

जुन मायामा केवल अशिम आनन्दको , अनुभति

र दुइ आत्माको निश्चल अनि चोखो प्रेमको



कहिले नरोकिने अविरल लहर जस्तै छ

म र मेरी छाँयाको पबित्र , माया

र म मेरो सारा जिबन उनीमा नै

समर्पित  गर्न चाहन्छु




किनकी मेरी छाँया लाई
म धरै माया गर्छु

सुन्दर प्रकृतिमा

\केवल उनीसंगै बाँच्न चाहन्छु





रोशन भट्ट
दोहा -कतार
२६-०२-२०१२

No comments:

Post a Comment