Monday, June 4, 2012

गीत-

शिर्षक
- साँची हेर

 

साँची हेर ति प्रहर तिम्रा
 यो तिम्रै प्रेमीलाई }

नाँची हेर ति लहर तिम्रा
, यो तिम्रै प्रेमीलाई }2

हाँसो खुसि खै हराए तिमी नै टाढा भएदेखि

पिडा व्यथा खै कराए तिमी नै टाढा गएदेखि

भाँची हेर ति जहर तिम्रा
, यो तिम्रै प्रेमीलाई

जाँची हेर ति अधर तिम्रा
, यो तिम्रै प्रेमीलाई

साँची हेर ति प्रहर तिम्रा
.....................

आशा यहाँ खै डराए तिमी नै अन्त सरे देखि

घाउ यहाँ खै चराए तिमी नै अन्त झरे देखि

गाँसी हेर ति रहर तिम्रा
, यो तिम्रै प्रेमीलाई

हाँसी हेर ति बहर तिम्रा
, यो तिम्रै प्रेमीलाई

 

साँची हेर ति प्रहर तिम्रा
, यो तिम्रै प्रेमीलाई }

नाँची हेर ति लहर तिम्रा
, यो तिम्रै प्रेमीलाई }2

 

रोशन भट्ट

दोहा
-कतार

३१
-०५-२०१२

No comments:

Post a Comment