Wednesday, June 20, 2012

गद्धय कविता


शिर्षक -  समाहित हुनु छ


खुल्ला आकाशको


निलो कालो सेतो

बादलुको मुनि

छेवैमा समुन्द्रको छाल


र छाल बाट चिसिदै

सुर्यको तातोले तातिदै

गर्ने ति रेगिस्तानमा

जहाँ केवल


हामी दुइ छौ

हामी एक
--आपसमा

हात समाई

प्रफुल्ल र उत्तेजित मुद्रामा


मायाका मिठा मिठा

भलाकुसारी गर्दै

संगै जिउँने

संगै मर्ने


कसम खाँदै

हाम्रो पाइला

क्षितिज तिर

लम्किदै छ

हामी हाम्रो

यात्रा गर्दै छौ

यो स्वार्थ

र इर्श्याले भरिएको


दुनियाँ देखि पर

केवल मायालुको

संसारमा जहाँ

प्रकृति पनि मौन छिन


केवल हेरिरहेकी छिन

त्यहि हाम्रो

अनुपम सौन्दर्य

र माधुर्य भरिएको


दुइ आत्मा एक गर्ने

त्यहि चोखो

हाम्रो प्रेमलाई

तर हामी


अझै बेखबर छौ

कि हाम्रो प्रेम

यो सारा जगतले

मन परायको छ


त्यसैमा तिम्रो

त्यो मुस्कान

त्यो रुप त्यो चंचलता

त्यो लचकदार चाल


आहा कति

लोभ लाग्दो जवानी

मैले मात्रै होइन

यो बेइमान मौसमले


त्यस्तै भनिरहेको छ

किनकी तिम्रो

साथ र मातले

म हिउँ सरि


पग्लिएको छु

म चाहन्छु

तिमी मै

समाहित हुनु छ


मेरो मायाले

तिम्रो मुटु छुनु छ

बाँधेर अंगालोमा मायाका

स्पर्शले सँधै सँधै तिम्रै हुनु छ |


 

रोशन भट्ट

दोहा -कतार

२0-०६-२०१२

No comments:

Post a Comment