Wednesday, June 6, 2012

गद्धय कविता -
शिर्षक - म र उनि

-----------------------------------------

समय जाडो
यामको
म चिसोले
जम्दै थिए
उनि गर्मीले
पग्लिदै थिइन


जब भेटे उनि
अनि म मायाले
बल्दै थिए
शायद उनि पनि
जल्दै छिन
मेरो मायाको
रापिलो अँगेनोमा


उनि सुन्दर
म जवान
हाम्रो प्रेम
गुलाफको कोपिला
हेरिरहुँ झैँ लाग्ने
उनि हँसिली
उनि रसिली
उनि कसिली
म हँसिलो
म रसिलो
म कसिलो


त्यसैले त
त्यो दोबाटोको
हाम्रो प्रेमको
चोखो अनि पबित्र
सम्भोगले
एउटा नासो
पैदा गरेको छ

जुन म
भुल्न सक्दिन
उनि भुल्न
सक्छिन कि ?
मलाई थाहा छैन


कसरी हामी
बिचमा प्रेमको
बिउ उम्रियो
गुलाफ फुल्यो
आशा पलाए
साथ बढ्यो
माया गड्यो


उनि मेरो
इसारामा हाँस्थिन
म संगै बांच्थिन
म संगै माया गाँस्छिन
म पनि
उनीलाई माया गर्छु


उनि संगको साथले
मेरो जिबन
फुलेको छ
झुलेको छ
डुलेको छ
भुलेको छ
खुलेको छ
घुलेको छ
चुलेको छ


लाग्छ उनि पनि
मेरो मायाले
फुलेकी छिन
झुलेकी छिन
खुलेकी छिन
घुलेकी छिन
भुलेकी छिन
डुलेकी छिन


त्यसैले उनि बिना
यो संसार
उजाड झैँ लाग्छ
उदाश झैँ लाग्छ
उराठ झैँ लाग्छ
खल्लो लाग्छ
तितो लाग्छ
नमिठो लाग्छ

शायद म बिना
उनीलाई पनि

यो दुनियाँ
खल्लो लाग्ला
उजाड लाग्ला
उदाश लाग्ला
उराठ लाग्ला
तितो लाग्ला
नमिठो लाग्ला


किनकी
हामी एक -आपसमा
धेरै प्रेम गर्छौ
हामी एक-आपसमा
परिपुरक भैसक्यौ
रोमियो-जुलियट झैँ
लैला-मजनु झैँ
हीर-राँझा झैँ
मुना-मदन झैँ


किनकी
उनको
चोखो माया
मेरो अन्तर
मुटुको
कुना काप्चा
भरि छ
मेरो माया
उनको
मनको
हर कोषमा छ


त्यसैले 
म उनीलाई
कदापी भुल्न
सक्दिन
किनकी उनि
केवल मेरी हुन्


र म उनकै
यो प्रिथिबिमा
यो धरातलमा
यो ब्रम्हाण्डमा
यो अन्तरिक्ष्य्मा

प्रेमको एक
अजम्बरी जोडी
'' म र उनि ''


रोशन भट्ट
दोहा- कतार
०६-०६-२०१२

No comments:

Post a Comment