Sunday, June 3, 2012

*****शब्दको अर्थ र माया****
होइन,,
आखीर किन आउँछन्.
ति घोचीला, अनी पेचीला,
 ति शब्दरुपी, बचनबाणहरु,
जुन सहन अति कष्टकर,
जुन बुझ्न धरै गारो, र जटिल
के
हामी शब्दरुपी शस्त्र,
प्रहार गर्दै छौ ,
 या हामी ति शस्त्रमा ,
 मायाहरू खोज्दै छौ,
 किन आभाश आउँछ ,
 यो मनमा मेरो,
तिम्रा हस्तबाट लिखीत,
 ति शब्दरुपी बम,
लाग्छ कंही कतै पडकिन्छ जस्तो,
तर
त्यो बमरुपी शब्दको, जवाफ
मैले पनी शब्दले नै ,
 दिन जानेको छु ,
 त्यसैले त तिमीलाई,
आफ्नै ठानेको छु ,
 किनकी ति तिम्रा,
प्रहारहरूमा, सन्देस छ
त्यसैले त ति तिखा ,
 बचन मुटुमा, साँचेको छु
तिमीले दिएको चोखो,
अनी पबित्र माया, सम्झेर

त्यही मायालाई जिउने, आधार
मैले ठानी ,सकेको छु
मलाई घरि घरि शब्दले, घोच्ने
तिमी, नै हौ भनेर जानी, सकेको छु,

रोशन भट्ट
दोहा-कतार
१५-०३-२०१२

No comments:

Post a Comment