Saturday, June 2, 2012

गद्धय कविता -

शिर्षक- सपनाको सुन्दरी र मेरो मायालु

प्रकृतिको कुनै एक

सुन्दर अनि मनोरम दृश्य

जहाँको सुन्दरता केवल

निश्चल र पबित्र जलको होस्

यो दुनियाँ अनि

दुनियाँका मान्छेहरु

लाग्छ त्यहि जलको सुन्दरतामा

हरपल हरक्षण रमिरहेछन

किनकी त्यहि जलाशयको छेवैमा

एक सुन्दर परी टुसुक्क बसेर

जललाई पनि आफ्नो सुन्दरताले तानी

लाग्छ उनि सौन्दर्य प्रदर्सन गर्दै छिन

उनका ति सुन्दर मुहार

अनि कोमल र निश्चल रुप

लाग्छ उनको जवानी कतै

शिशा सरी फुट्ला जस्तो

उनको त्यो हँसिलो मुखाकृति

अनि त्यसैमा गुलाबी ओठ

कतै हेर्दै मुस्कुराए जस्तो

लाग्छ उनि आफूमै दंग छिन

ति सुन्दर तनले किन किन

लाग्छ यो पुरै दुनियाँ लाई

हेर म कति सुन्दर छु

भन्दै चुनौती दिए जस्तो

र दुनियाँ पनि लोभीयको छ

त्यसैले उनकै वरीपरी घेरिएका छन्

कोहि थुक निल्दै कोहि हात मल्दै

किनकी ति सबै यौन प्यासी छन्

के खोज्छस कानो आँखो भने झैँ

सुन्दरी पनि उफ्री उफ्री घायल पार्दैछिन

प्यासी आत्माहरु किनकी सुन्दरी पनि आफ्नो

यौवनको रस बाड्न चाहन्छिन पर बाट

त्यो जलाशयको सुन्दरता अनि

ति सुन्दरीको को यौबन

लाग्छ त्यसैमा ति प्यासी आत्माहरुले

लाग्छ परै बाट यौबन मोति टिपे जस्तो

सुन्दरी खुसि छिन

किनकी उनको यौवनको रुप

अनायासै प्यासी आत्माले लुटेको छ

सायद त्यसैमा सुन्दरी तृप्त भएको होलीन

किनकी उनका ति मुहारमा

एक नयाँ अनि नौलो चमक छ

लाग्छ दिउँसो नै अनायासै

पुर्णिमाको पुरा चन्द्र उदाए जस्तो

खै कस्तो थियो यो मेरो सपना

म हेर्दै थिए उनीलाई

तर म उनीमा त्यति आकर्षित थिइन्

किनकी मेरो हेराईले आफ्नै मायालु खोज्दै थियो

त्यसैले सारा दुनियाँ खुसि हुने त्यो सपना

मेरो लागि त्यसमा कुनै खुसि थिएन

किनकी बिपनामा मात्रै होइन

म सपनामा आफ्नै मायालु खोज्छु

र त सपना होस् या बिपना

प्रिय म सँधै तिम्रै तिम्रै यादमा छु

किनकी म मेरा हर प्रहर

तिम्रै तिम्रै तन
,मन र मायाको मातमा छु |

 

रोशन भट्ट

दोहा
-कतार

३१-०५-२०१२

No comments:

Post a Comment