गद्धय कविता - प्रेमदिप तिमी र म
जलिरहेको त्यो हाम्रो |||
प्रेमको दियो
अनायासै तिमी बाटै
फ्याँकिएका ति बचन
र शब्दका तिखा प्रहार
र तिम्रै अनुपस्थितिले
दिएको त्यो चिसा चिसा रातहरु |||
त्यसैमा
त्यो हिमाली हावाको
तेज बेगले कतै निभ्ने पो होकी ?
यस्तै डर र त्रासमा
त्रसित छु प्रिय
किनकी
तिमी मेरो समिपै भएपनि |||
म आफुले आफुलाई नै
नितान्त एक्लो पाएको छु
यो उजाड खाडीमा
प्रचण्ड गर्मीले तन
तातिए पनी
तर मेरो मन चिसा चिसा छन् |||
त्यसैले प्रिय
आउ मेरो नजिक
हाम्रो त्यो जलिरहेको
प्रेमको दियोलाई
तिम्रै न्यानो साथ र पारिलो रातको ||
एक अपरिहार्य खाँचो छ
आशा छ मेरी प्रिय
तिमी मेरो चाहना
बिश्वास र भरोसाको कदर गर्नेछौ |||
रोशन भट्ट
दोहा-कतार
१७-०४-२०१२
No comments:
Post a Comment