Saturday, June 16, 2012

 
गद्धय कविता-
शिर्षक-  मेरो सपना

सुन्शान अनि शान्त साँझ
मधुर मधुर रोशनी
गुलाफी बस्त्रमा लपेटिएको
एक सुन्दर आकृति
कोहि आउने आशामा
व्यग्रताले प्रतिक्षा गरे जस्तै
उनका
ति हिमाल हाँस्ने मुहारमा पनि
उदाशिले उजाड मरुभूमिको
कुनै एक फुंग उडेको भाग
जस्तै देखिने मुहार
र ब्यकुल्ताले निम्त्याएको कल्पनाहरु
लाग्छ
उनि यसरीनै बसेर
कहीं टाढा क्षितिजमा
कोहि आउलाकी भनि
अटुट अनि अनबरत
उनका दृष्टिगोचर
लाग्छ
नयन उनका केहि खोजिरहेछन
कसैको आगमनको आभास
हुनसक्छ उनको परेली पनि
रुँदै छन् कसैको यादमा
ति
सुन्तले ओठ पनि
केहि बोल्ने आशमा
केहि मनका कुरा
खोल्ने आशामा
कसैको स्वागतको
लागि
कल्पिरहेछ हरपल
हरक्षण हरप्रहर
ति सुन्दर तन पनि
प्रतिक्षामा थकित हुँदै
केहि राहत पाउन
कहीं सहारा लिदैं बसेजस्तो
जुन
उनको बसाइले लाग्छ
जमिन संग सम्झौता गर्दै
ठिक पैतालिश डिग्रीको कोण
र उनका ति दुइ हस्त
आफ्नै गर्दन र काँधमा
आधार रेखा खिचे जस्तो
ति सुन्दर तनका
झरना जस्तै बग्ने ति केशराशी पनि
बग्न रोकिय जस्तो
ति झरना पनि बग्ने
अनुमति माग्दै छन्
तर आफ्नै मुहानको दुखाइले
लाग्छ
ति झरना पनि मौन छन्
यस्तै यस्तै आकृति आउने गर्छन
मेरो रातको सपनीमा
खै कस्तो सपना
जुन कल्पना नगरिएको
जुन कहिले पनि नदेखिएको
सायद यो मेरो मस्तिष्कको भ्रम हो
या
सायद मेरो औषधिको असर
या कतै मेरी मायालु
यस्तै अबस्थामा तडपिएकी पो छे ?
आफैले आफुलाई नै प्रश्न गर्छु ?
र चाहन्छु छिट्टै उनि संग भेट्न
ताकी
उनको प्रतिक्षाको घडी सकियोस
र उनको परीक्षाको घडी पनि टुटोस
किनकी उनको त्यो मुस्कानमा
म मेरो आफ्नै संसार देख्न चाहन्छु |||
सदा सदा उनको साथी बनेर ||


रोशन भट्ट
दोहा-कतार
१७-०५-२०१२
                        

No comments:

Post a Comment