Monday, June 4, 2012

गद्धय कविता-

शिर्षक
- अतृप्त प्यास

 

 

सुन्दैछु आजकल विनायो

यो उजाड मरुभूमिमा बज्न थालेछ

त्यसैले म मात्रै होइन

यता उता न्याउली रुन थालेछ

उजाड बालुवाका डाँडा काँडा

न्याउलीका आँशुहरुले भिजिसकेछन

थाहा छैन कुनै दिन निरासाको हुरीले

समथर तराइमा परिणत हुन्छ कि
?

आँशु त न्याउलीको नै हो

तर त्यसमा शीत पनि बर्सिदिन्छ

जसको पिडा न न्याउलीले थाम्न सक्छ

न ति उजाड डाँडा काँडाले

दिनको प्रचण्ड घामले यो तातिन्छ

रातको जुन हेर्न यो आतिन्छ

लाग्छ तातो र चिसोको समिश्रणले

यो कतै शिसा झैँ फुट्छ कि जस्तो

बेदनाको तुवाँलोले ढाक्छ यहाँ

त्यसैमा अनेकौ फोहोर
,धुलो धुँवा थुप्रिन्छ

निसासिन्छ गुम्सिन्छ भित्र भित्रै पाक्छ

कतै यी डाँडा काँडा फोहोरको थुप्रो हुने त होइन
?

उजाड डाँडा काँडा सुख्खा भएका छन्

वर्षा ऋतुको प्रतिक्षामा मौन छन

कतै बर्षातका दुइ चार थोपा भेट्न पाए

शायद यसैमा फुल्थे कि बसन्तका फुल

म हेर्छु ति डाँडा काँडा

प्राय दिनहुँ जसो माया लाग्छ

अनि जान्छु भेट्न ति डाँडा काँडा

र सुनाई दिन्छु मेरो मनको व्यथा

जब सुन्छन मेरा पीडाका गीत र व्यथा

तब यिनीहरु बोल्न थाल्छन

अनि उनीहरु आफ्ना पिडा खोल्न थाल्छन

तब खुसि हुन् खोज्छु किनकी पिडा उस्तै छ

अनि अलिकति शान्त हुन्छु

हेर्छु ति समुन्द्रका

आउने र जाने छालहरू

जुन मेरी मायालु आए र गए सरी

चित्त दुख्छ न बोल्न सक्छु ति छाल संग

मन पोल्छ न चिसो पार्न सक्छु ति छालमा

केवल हेर्छु अनि छुन्छु र अनुभव गर्छु

तिनै स्पर्श तिनै आभास र तिनै मायाको

 

रोशन भट्ट

दोहा
-कतार

०४-०६-२०१२

No comments:

Post a Comment