Wednesday, June 6, 2012

गद्धय कविता -
शिर्षक - म र उनि

-----------------------------------------

समय जाडो
यामको
म चिसोले
जम्दै थिए
उनि गर्मीले
पग्लिदै थिइन


जब भेटे उनि
अनि म मायाले
बल्दै थिए
शायद उनि पनि
जल्दै छिन
मेरो मायाको
रापिलो अँगेनोमा


उनि सुन्दर
म जवान
हाम्रो प्रेम
गुलाफको कोपिला
हेरिरहुँ झैँ लाग्ने
उनि हँसिली
उनि रसिली
उनि कसिली
म हँसिलो
म रसिलो
म कसिलो


त्यसैले त
त्यो दोबाटोको
हाम्रो प्रेमको
चोखो अनि पबित्र
सम्भोगले
एउटा नासो
पैदा गरेको छ

जुन म
भुल्न सक्दिन
उनि भुल्न
सक्छिन कि ?
मलाई थाहा छैन


कसरी हामी
बिचमा प्रेमको
बिउ उम्रियो
गुलाफ फुल्यो
आशा पलाए
साथ बढ्यो
माया गड्यो


उनि मेरो
इसारामा हाँस्थिन
म संगै बांच्थिन
म संगै माया गाँस्छिन
म पनि
उनीलाई माया गर्छु


उनि संगको साथले
मेरो जिबन
फुलेको छ
झुलेको छ
डुलेको छ
भुलेको छ
खुलेको छ
घुलेको छ
चुलेको छ


लाग्छ उनि पनि
मेरो मायाले
फुलेकी छिन
झुलेकी छिन
खुलेकी छिन
घुलेकी छिन
भुलेकी छिन
डुलेकी छिन


त्यसैले उनि बिना
यो संसार
उजाड झैँ लाग्छ
उदाश झैँ लाग्छ
उराठ झैँ लाग्छ
खल्लो लाग्छ
तितो लाग्छ
नमिठो लाग्छ

शायद म बिना
उनीलाई पनि

यो दुनियाँ
खल्लो लाग्ला
उजाड लाग्ला
उदाश लाग्ला
उराठ लाग्ला
तितो लाग्ला
नमिठो लाग्ला


किनकी
हामी एक -आपसमा
धेरै प्रेम गर्छौ
हामी एक-आपसमा
परिपुरक भैसक्यौ
रोमियो-जुलियट झैँ
लैला-मजनु झैँ
हीर-राँझा झैँ
मुना-मदन झैँ


किनकी
उनको
चोखो माया
मेरो अन्तर
मुटुको
कुना काप्चा
भरि छ
मेरो माया
उनको
मनको
हर कोषमा छ


त्यसैले 
म उनीलाई
कदापी भुल्न
सक्दिन
किनकी उनि
केवल मेरी हुन्


र म उनकै
यो प्रिथिबिमा
यो धरातलमा
यो ब्रम्हाण्डमा
यो अन्तरिक्ष्य्मा

प्रेमको एक
अजम्बरी जोडी
'' म र उनि ''


रोशन भट्ट
दोहा- कतार
०६-०६-२०१२

Tuesday, June 5, 2012

गीत -
शिर्षक - - सिन्दुरले होइन


 

सिन्दुरले होइन रगतले रंगिनेछ सिउँदो तिम्रो

घृणाले होइन मायाले सजिनेछ सिउँदो तिम्रो




आउ सानु लाउँ माया तिम्रो मेरो सँधै यहाँ }

हाम्रो माया अजम्बरी जुनी जुनी रहोस यहाँ }2

दुख र सुख जिबनको रीत खुलोस प्रीत तिम्रो

वियोगले होइन खुसीले भरिनेछ सिउँदो तिम्रो

सिन्दुरले होइन रगतले.............................


 

आउ जानु खाउँ कसम तिम्रो साथ सँधै यहाँ }

दुइटा मुटु प्रेमको दियो जुनी जुनी बलोस यहाँ  }2

घाम पानी योबनको मीत झुलोस शीत तिम्रो

बिछोडले होइन मिलनले छरिनेछ सिउँदो तिम्रो

 सिन्दुरले होइन रगतले ...........................


 

 

सिन्दुरले होइन रगतले रंगिनेछ सिउँदो तिम्रो

घृणाले होइन मायाले सजिनेछ सिउँदो तिम्रो


 
रोशन भट्ट

दोह|-कतार

०५
-०६-२०१२

Monday, June 4, 2012

गीत-

शिर्षक
- साँची हेर

 

साँची हेर ति प्रहर तिम्रा
 यो तिम्रै प्रेमीलाई }

नाँची हेर ति लहर तिम्रा
, यो तिम्रै प्रेमीलाई }2

हाँसो खुसि खै हराए तिमी नै टाढा भएदेखि

पिडा व्यथा खै कराए तिमी नै टाढा गएदेखि

भाँची हेर ति जहर तिम्रा
, यो तिम्रै प्रेमीलाई

जाँची हेर ति अधर तिम्रा
, यो तिम्रै प्रेमीलाई

साँची हेर ति प्रहर तिम्रा
.....................

आशा यहाँ खै डराए तिमी नै अन्त सरे देखि

घाउ यहाँ खै चराए तिमी नै अन्त झरे देखि

गाँसी हेर ति रहर तिम्रा
, यो तिम्रै प्रेमीलाई

हाँसी हेर ति बहर तिम्रा
, यो तिम्रै प्रेमीलाई

 

साँची हेर ति प्रहर तिम्रा
, यो तिम्रै प्रेमीलाई }

नाँची हेर ति लहर तिम्रा
, यो तिम्रै प्रेमीलाई }2

 

रोशन भट्ट

दोहा
-कतार

३१
-०५-२०१२
**मृत आत्माको प्रेम****
हो ,,
यो मृत आत्मा मेरो
तर प्रेम त्
तिमी संग ,नै गरेको छ ,
त्यो जीवित आत्मा, तिम्रो
किन म, भन्दा
धरै बढी मरेको छ,
किनकी ,,
मैले, भनिसके म, माया, गर्छु भनेर,
तर तिमीले मात्र सुनी, रह्यौ
खोलीनौ, मनको, भावना जानेर पनी ,
चिहानघरको, बाकसमा सपना, थुनी रह्यौ ,,
किनकी
मेरो मृत आत्मा अझै पनी ,
जीवित छ केवल तिम्रै प्यारमा ,
 तर तिम्रो जीवित आत्मा मरेको छ ,,
 सुन्यता ,मौनता र मसानको संसारमा ,,
 त्यसैले ,
 त्यो तिम्रो जीवित मरेको, आत्मा
धाउने गर्छ मसानघाट यो मृत आत्मा भेट्न,
तिमी तृषित छ्यौ यौनका, प्यासले
इच्छा छ म, सित तिम्रो त्यो प्यास मेट्न,
तर
अझै तिमी लाचार ,नै छ्यौ,
हेर्छौ मलाई उघारी ति मृत, बाकसका ढोका
सक्दिनौ छुन मलाई त्यो हातले तिमी,
त्यसैले तिमी आफुलाई नै दिदैछ्यौ धोका,
किनकी,
तिम्रो एक स्पर्सले म पुन जीवित हुन्थे ,
अनी, लिन्थे तिमीलाई मेरो मायालु, काखमा
तिमी एक मात्र यो मृत आत्माकी, मायालु
त्यसैले रोजे मैले तिमी सयौ ,हजारौ र लाखमा ,,


रोशन भट्ट
दोहा -कतार
१६-०३-२०१२
गद्धय कविता-

शिर्षक
- अतृप्त प्यास

 

 

सुन्दैछु आजकल विनायो

यो उजाड मरुभूमिमा बज्न थालेछ

त्यसैले म मात्रै होइन

यता उता न्याउली रुन थालेछ

उजाड बालुवाका डाँडा काँडा

न्याउलीका आँशुहरुले भिजिसकेछन

थाहा छैन कुनै दिन निरासाको हुरीले

समथर तराइमा परिणत हुन्छ कि
?

आँशु त न्याउलीको नै हो

तर त्यसमा शीत पनि बर्सिदिन्छ

जसको पिडा न न्याउलीले थाम्न सक्छ

न ति उजाड डाँडा काँडाले

दिनको प्रचण्ड घामले यो तातिन्छ

रातको जुन हेर्न यो आतिन्छ

लाग्छ तातो र चिसोको समिश्रणले

यो कतै शिसा झैँ फुट्छ कि जस्तो

बेदनाको तुवाँलोले ढाक्छ यहाँ

त्यसैमा अनेकौ फोहोर
,धुलो धुँवा थुप्रिन्छ

निसासिन्छ गुम्सिन्छ भित्र भित्रै पाक्छ

कतै यी डाँडा काँडा फोहोरको थुप्रो हुने त होइन
?

उजाड डाँडा काँडा सुख्खा भएका छन्

वर्षा ऋतुको प्रतिक्षामा मौन छन

कतै बर्षातका दुइ चार थोपा भेट्न पाए

शायद यसैमा फुल्थे कि बसन्तका फुल

म हेर्छु ति डाँडा काँडा

प्राय दिनहुँ जसो माया लाग्छ

अनि जान्छु भेट्न ति डाँडा काँडा

र सुनाई दिन्छु मेरो मनको व्यथा

जब सुन्छन मेरा पीडाका गीत र व्यथा

तब यिनीहरु बोल्न थाल्छन

अनि उनीहरु आफ्ना पिडा खोल्न थाल्छन

तब खुसि हुन् खोज्छु किनकी पिडा उस्तै छ

अनि अलिकति शान्त हुन्छु

हेर्छु ति समुन्द्रका

आउने र जाने छालहरू

जुन मेरी मायालु आए र गए सरी

चित्त दुख्छ न बोल्न सक्छु ति छाल संग

मन पोल्छ न चिसो पार्न सक्छु ति छालमा

केवल हेर्छु अनि छुन्छु र अनुभव गर्छु

तिनै स्पर्श तिनै आभास र तिनै मायाको

 

रोशन भट्ट

दोहा
-कतार

०४-०६-२०१२

Sunday, June 3, 2012

*****शब्दको अर्थ र माया****
होइन,,
आखीर किन आउँछन्.
ति घोचीला, अनी पेचीला,
 ति शब्दरुपी, बचनबाणहरु,
जुन सहन अति कष्टकर,
जुन बुझ्न धरै गारो, र जटिल
के
हामी शब्दरुपी शस्त्र,
प्रहार गर्दै छौ ,
 या हामी ति शस्त्रमा ,
 मायाहरू खोज्दै छौ,
 किन आभाश आउँछ ,
 यो मनमा मेरो,
तिम्रा हस्तबाट लिखीत,
 ति शब्दरुपी बम,
लाग्छ कंही कतै पडकिन्छ जस्तो,
तर
त्यो बमरुपी शब्दको, जवाफ
मैले पनी शब्दले नै ,
 दिन जानेको छु ,
 त्यसैले त तिमीलाई,
आफ्नै ठानेको छु ,
 किनकी ति तिम्रा,
प्रहारहरूमा, सन्देस छ
त्यसैले त ति तिखा ,
 बचन मुटुमा, साँचेको छु
तिमीले दिएको चोखो,
अनी पबित्र माया, सम्झेर
र
त्यही मायालाई जिउने, आधार
मैले ठानी ,सकेको छु
मलाई घरि घरि शब्दले, घोच्ने
तिमी, नै हौ भनेर जानी, सकेको छु,

रोशन भट्ट
दोहा-कतार
१५-०३-२०१२

Saturday, June 2, 2012

गद्धय कविता -

शिर्षक- सपनाको सुन्दरी र मेरो मायालु

प्रकृतिको कुनै एक

सुन्दर अनि मनोरम दृश्य

जहाँको सुन्दरता केवल

निश्चल र पबित्र जलको होस्

यो दुनियाँ अनि

दुनियाँका मान्छेहरु

लाग्छ त्यहि जलको सुन्दरतामा

हरपल हरक्षण रमिरहेछन

किनकी त्यहि जलाशयको छेवैमा

एक सुन्दर परी टुसुक्क बसेर

जललाई पनि आफ्नो सुन्दरताले तानी

लाग्छ उनि सौन्दर्य प्रदर्सन गर्दै छिन

उनका ति सुन्दर मुहार

अनि कोमल र निश्चल रुप

लाग्छ उनको जवानी कतै

शिशा सरी फुट्ला जस्तो

उनको त्यो हँसिलो मुखाकृति

अनि त्यसैमा गुलाबी ओठ

कतै हेर्दै मुस्कुराए जस्तो

लाग्छ उनि आफूमै दंग छिन

ति सुन्दर तनले किन किन

लाग्छ यो पुरै दुनियाँ लाई

हेर म कति सुन्दर छु

भन्दै चुनौती दिए जस्तो

र दुनियाँ पनि लोभीयको छ

त्यसैले उनकै वरीपरी घेरिएका छन्

कोहि थुक निल्दै कोहि हात मल्दै

किनकी ति सबै यौन प्यासी छन्

के खोज्छस कानो आँखो भने झैँ

सुन्दरी पनि उफ्री उफ्री घायल पार्दैछिन

प्यासी आत्माहरु किनकी सुन्दरी पनि आफ्नो

यौवनको रस बाड्न चाहन्छिन पर बाट

त्यो जलाशयको सुन्दरता अनि

ति सुन्दरीको को यौबन

लाग्छ त्यसैमा ति प्यासी आत्माहरुले

लाग्छ परै बाट यौबन मोति टिपे जस्तो

सुन्दरी खुसि छिन

किनकी उनको यौवनको रुप

अनायासै प्यासी आत्माले लुटेको छ

सायद त्यसैमा सुन्दरी तृप्त भएको होलीन

किनकी उनका ति मुहारमा

एक नयाँ अनि नौलो चमक छ

लाग्छ दिउँसो नै अनायासै

पुर्णिमाको पुरा चन्द्र उदाए जस्तो

खै कस्तो थियो यो मेरो सपना

म हेर्दै थिए उनीलाई

तर म उनीमा त्यति आकर्षित थिइन्

किनकी मेरो हेराईले आफ्नै मायालु खोज्दै थियो

त्यसैले सारा दुनियाँ खुसि हुने त्यो सपना

मेरो लागि त्यसमा कुनै खुसि थिएन

किनकी बिपनामा मात्रै होइन

म सपनामा आफ्नै मायालु खोज्छु

र त सपना होस् या बिपना

प्रिय म सँधै तिम्रै तिम्रै यादमा छु

किनकी म मेरा हर प्रहर

तिम्रै तिम्रै तन
,मन र मायाको मातमा छु |

 

रोशन भट्ट

दोहा
-कतार

३१-०५-२०१२